आईतबार रातिदेखि झरेको पहिरोको कारण बुटवल-तानसेन सडकखण्ड फेरि अबरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै माथिबाट पहिरो झरेको छ।
सिद्धबाबा मन्दिरदेखि केही माथि रहेको उक्त स्थानमा राति ११ बजेदेखि नै लेदोमाटो र ढुंगासहितको पहिरो झरेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बिहानदेखि झनै पानी बढ्दै गएकोले पहिरो झर्ने क्रम पनि बढेको प्रहरीले जनाएको छ। पहिरोका कारण पाल्पा, गुल्मी, स्याङजा, पोखरा, बाग्लुङ, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।
पानी परिरहेको र पहिरो झरिरहेकोले पहिरो हटाउने कार्य अझै सुरु भएको छैन। सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा झुम्सा–चौकीभन्ज्याङ–मुढाबास–चरङगे–धागो कारखाना ट्रयाक खोलिए पनि सवारीसाधन ओहोरदोहोर गर्न अझै सक्ने अवस्था छैन।