उपल्लो मुस्ताङमा सडकका कामदार बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदूर चढेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
बा २ क २२१९ नम्बरको टिपरमा मजदूरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा टिपर दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेना र एयर डाइनेटिरको हेलिकोप्टर आउँदै गरेको पौडेलले बताए।
मृतकमध्ये १५ जनाको मात्र सनाखत हुन सकेको प्रहरीले बताएको छ।
मृतकहरूको नामावली
१.दाङ, वर्ष ३० को बाल कुमार घर्ती
२. रोल्पा, वर्ष २८ को सुकमान रोका
३. धादिङ, वर्ष २३ को सुजन घलान (चालक)
४. सिन्धुली, वर्ष २०को जिवन माझी
५. कैलाली, वर्ष २२ को बिन्ती घर्ति
६. रोल्पा, वर्ष १९ को महेश रोका
७.कपिलवस्तु, वर्ष ३५ को कमान सिंह रोका
८. दाङ, वर्ष ३१ की कविता घाम। (महिला)
९. रोल्पा, वर्ष ३२ को रामकुमार पुन
१०. दाङ, वर्ष ३५ को सुबेर चौधरी
११. कैलाली, वर्ष २३ की बिनिता घर्ती (महिला)
१२. दाङ, वर्ष ४३ की शान्ती थापा ( महिला )
१३. रोल्पा, वर्ष ३२ की सोन्तु घर्ती (महिला)
१४. स्याङ्जा, वर्ष २४ को कृष्ण क्षेत्री
१५. दाङ, वर्ष २५ को कमल बुढा