पोखरा महानगरपालिका वडा नम्बर १ मा च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।
शनिबार बेलुका पोखरा महानगरपालिका १ बगरस्थितमा शिक्षा कार्यालय नजिकै रहेको तरकारी पसलबाट किनेर लगेको च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्।
बिरामी हुने पोखरा १ बगर बस्ने वर्ष ३४ का भुवन घर्तिमगर, उनकी श्रीमती २९ वर्षीय मनमाया घर्तिमगर, उनकी छोरी १७ वर्षीया रिना घर्तिमगर, ११ वर्षीय सन्दीप घर्तिमगर, १० वर्षीय सुमन घर्तिमगर र ७ वर्षीया सुशीला घर्तिमगर बिरामी परेका छन्। उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
त्यसमध्ये अन्य सामान्य अवस्थामा आए पनि बुवा भुवन घर्तिमगरलाई आइसियुमा राखेर उपचार गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।