पोखरा प्राकृतिक रूपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन्। पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ। देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखराबासी लागि परेका हुन् ।
पछिल्लो समय सडक फराकिलो बनाउँदा सडक बिचमा रहेको डिभाइडरमा हरियाली भरेर चिटिक्क पारेका छन्। सडकको दुबै छेउमा रूख रोपेर चौतारा निमार्णको अभियान पनि अगाडि बढाएका छन्।
पोखराको जिरो किलोमिटर देखि हल्नचोकसम्मको दुई किलोमिटर नमुना सडक बनेको छ। पैदल यात्रुहरुलाई बस्नका लागि सुविधा दिने उद्धेश्यले नेपाली मौलिक रुपमा चौतारा बनाएको शान्तिनगर बुलौदी हरियाली उपभोक्ता समूहका अध्यक्ष ठाकुर बराल बताए।
पोखरा ५, ६ र ७ वटामा पर्ने यो सडक पेटीको छेउमा अहिले सम्म ४० वटा चौताराहरु निमार्ण भइसेका छन् । निमार्णका लागि आमा समूह, युवा क्लब, स्थानीय सबैले सहयोग गरेका छन्।
सडक डिभाइडरको बिचमा सोलार बत्तीले राती झलमल्ल बनाएको छ। दुबो र धुपिले सबैको मनलाई प्रफुल्लीत बताएको छ।
सडकको बिचमा भएको हरियो दुबो र धुपिका विरुवाले कंक्रिट शहर हेरेर दिक्क भएकाको मन बहलाउदै सडक पार गर्ने गरेका छन् । फुलहरु रोप्दा गाई भैसीले खाने भएपछि धुपि र दुबो रोपेको पोखरा महानगर पालिका वडानम्बर ७ का अध्यक्ष रामचन्द्र बरालले बताए।
उनले सधै हरियाली दिने छाउनका लागि रोपेको बताए ।
सबै विरुवाको रेखदेख र संरक्षण गर्न यस्तै राख्न चुनौतीपूर्ण भएको अध्यक्ष बरालले बताए।
उनले विरुवाको संरक्षणका लागि सिसिक्यामेरा राख्ने योजना रहेको सुनाए। सडकको छेउमा लगाइएका रुख विरुवाले गर्मीमा सितलता दिएको छ।
यो सडकमा गाडी वा हिड्डुल गर्दा पहिलो पटक आउनेलाई कतै विदेश त आइन भन्ने भान हुन्छ र भन्छन् आहा कति राम्रो।
पोखरा महानगरपालिकाको करिब १० लाख र स्थानीयको करिब ५ लाख गरी यो क्षेत्रलाई नमुना क्षेत्र बनाएका छन्। यस्तो अभियानले पोखरालाई अझै राम्रो र सुन्दर देखिएको छ । अन्यत्र पनि यस्तै सिको गर्नेकि!