पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–५ हात्तीखालमा छोरी बलात्कार गर्ने झड्केलो बावु पक्राउ परेका छन्।
३० वर्षीय लोकेन्द्र दंगालले ११ वर्षीया छोरी बलात्कार गरेको सुर्खेत प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय छिन्चुका अनुसार शुक्रबार दिउँसो बाख्रा चराउन जंगल गएकी छोरीलाई बोलाएर घरमै उनले बलात्कार गरेका हुन्।
बालिकाकी आमा उपचारका लागि नेपालगञ्ज गएको मौका छोपेर बाख्रा चराउन जंगल गएकी छोरीलाई बोलाएर घरमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
आइतबार पीडकलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया थालिएको प्रहरीले बताएको छ ।