सर्पको टोकाइबाट सुर्खेतको पञ्चपुरीमा एक किशोरीको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. ८ स्थित बाढीपीडित शिविरमा बस्दै आएकी १४ वर्षीय किशोरी हरिकला उपाध्यायको मृत्यु भएको हो।
मंगलबार बिहान ५ बजेतिर शौचालय जाने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो। घरमा प्राथमिक उपचारका क्रममा बिहान साढे ८ बजे उनको मृत्यु भएको पञ्चपुरी–१० का वडा सदस्य नैनसिं विकले जानकारी दिए।
सर्पले टोकेपछि छिमेकीलाई जानकारी नदिइ घरमै झारफुक गर्न लागेकाले आवश्यक उपचार नपाएर मृत्यु भएको वडा सदस्य विकले बताए ।
हरिकला स्थानीय जनज्योति निमाविमा कक्षा ८ मा अध्ययनरत थिइन् ।