झापामा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उदयपुर गाईघाट नगरपालिकाका २९ वर्षीय सन्जिव कार्कीको मृत्यु भएको हो।
चालकले अत्यधिक मदिरा सेवन गरेका कारण स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुनुपूर्व स्कोरपियोको ३ वटा चक्का पड्किएको छ। तीव्र गतिको स्कोरपियोलाई चालकले ब्रेक गर्दा घस्रिएर टायर पड्किएको हुन सक्ने स्थानीयवासीले बताएका छन्।
‘करिब १०० मिटर सडकमा स्कोरपियो घस्रिएको छ। त्यसपछि दुर्घटना भयो,’एक प्रहरीले भने ‘टायर पड्किएपछि स्कोरपियोको कम्तिमा ४ बल्ड्याङ पल्टिएको हामीले अनुमान गरेका छौं।’
सो दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्। उनीहरूको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहको छ । जनकपुरबाट काँकडभिट्टा जाँदै गरेको मे १ च ४५३३ नम्बरको स्कोरपियो झापाको झिलझिले सडकखण्डमा दुर्घटनामा परेको थियो।