सुर्खेतको वीरेन्द्रनगरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।
बिहिबार वीरेन्द्रनगर नगरपालिका–५ का वडा अध्यक्ष राजबहादुर गुरुङको घरमा मिस्त्रीको काम गरिरहेका बेला करेण्ट लागेर एक जना मजदूरको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरी जिल्लाको रानीजवारा गाउँपालिका ४ का ३० वर्षीय रवीन्द्र ठाकुर रहेका छन्।
करेण्ट लागेपछि उपचारको क्रममा स्थानीय देउती अस्पताल ल्याइएको थियो। उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।