पोखरा महानगरपालिका २४ लौरुक खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २४ लौरुक घर भएका ५५ वर्षीय गुन्जबहादुर बस्नेतको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएपी नवीन कार्कीले जानकारी दिए।
सोमबार साँझ डेरीमा दूध छोडेर घर फर्किँदै गर्दा लौरुक खोलाले बगाएर बस्नेतको मृत्यु भएको कार्कीले जानकारी दिए।
बस्नेतको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमार्टका लागि राखिएको छ।
सोमबारदेखि पोखरामा मुसलधारे पानी परिरहेको छ।