कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै पोखरामा विरोध प्रदर्शन गरिएको छ।
दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पोखरामा विरोध प्रदर्शन गरिएको हो।
‘जस्टिस फर निर्मला’ भन्दै पोखरामा मानव अधिकार चोकमा भेला अधिकारकर्मीहरूले मानव अधिकार चोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पुन: मानव अधिकार चोकमा पुरेर कोष सभामा परिणत भएको थियो।
प्रदर्शनमा युवायुवतीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरे। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्यालीका सहभागीहरूले सरकारको आलोचना गरेका थिए।
न्यायको कालो कृत्यलाई कालो लुगा लगाएर विरोधमा र्यालीमा उत्रिएका उनीहरूमध्ये कालो लुगा नलगाएकाले कालो पट्टी बाँधेर विरोधमा उत्रिएका थिए।