साताव्यापी पर्व इन्द्रजात्रा (येँया पुन्ही) शुक्रबारबाट सुरू भएको छ।
हनुमानढोकामा ३६ हात लामो यः सिं (लिंगो) ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरु भएको हो।
भाद्र शुक्ल द्वादशीका दिन ‘यः सिं’ लाई विधिपूर्वक इन्द्रध्वजासहित ठड्याएपछि इन्द्रजात्रा सुरू हन्छ। नेपाल पञ्चांग समितिले बिहान ८:०५ को साइत निकालेको थियो। त्यही समय नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र विभिन्न मानन्धर समूहले बाजागाजा तथा मंगल धुनसहित यः सिं ठड्याए। साता दिनअघि मानन्धरहरूले तान्त्रिक विधिद्वारा पूजा गरी नालाको जंगलबाट रूख काटेर ल्याएका थिए।
त्यो रूखमा मंगल सूचकका विभिन्न चिह्न अंकित थिए। त्यसलाई तान्दै अष्टमीको साइत पारेर बिहान १०:१७ बजे नगर प्रवेश गराइएको थियो। नगर प्रवेशपछि बिहीबार एकादशीको दिन लिंगोमा डोरी बाँधियो।
सनाःगू खलः का ‘चस्वां द्व’ मानन्धरहरूले डोरी बाँधे। त्यसलाई तलैबाट खोल्न मिल्ने गरी बाँधिएको थियो। शुक्रबार साइतअनुसार ठड्याइएको लिंगोको फेदमा सुनको जलप लगाइएको हात्ती राखिएको छ। यसरी ठडयाइएको यःसिं लाई 'इन्द्रध्वजोत्थान’ पनि भनिन्छ।
इन्द्रजात्रामा इन्द्रध्वजोत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको मानिन्छ। यो अवसरमा हनुमानढोकामा रहेको श्वेतभैरव पनि सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ।
इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ। कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बीचको टोल (नानिचा) मा रथ परिक्रमा गरिन्छ। नानिचाको दिन लिंगो ढालिन्छ र बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हन्छ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)