कास्की प्रहरीले पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आधा दर्जन बढीलाई पक्राउ गरेको छ।
तीमध्ये तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकारेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए।
यसबारेमा थप जानकारी दिउँसो २ बजे पत्रकार सम्मेलन गराइने उनले बताए।
डिएसपी नवीन कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो।
पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दी कोदीकी श्रेया मंगलबार बिहान मृत भेटिएकी थिइन्। उनको बलत्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार भएको परीक्षणमा बलत्कारपछि हत्या भएको देखिएको हो।
श्रेयाको योनाङग सुनिएको र घाउको र शरिरमा चोट देखिएको जानकारी पोष्टमर्टममा संग्लन चिकित्सकहरुले बताएको श्रेयाका मामा कृष्ण सुनारले जानकारी दिए।
‘ढुंगाले टाउको छात्ती सबैतिर हानेको देखिन्छ। नजिकै रगताम्य भएको ढुंगा थियो, श्रेयाका मामा कृष्ण सुनारले भने, ‘पोष्टमर्टम रिपोर्टमा पनि टाउको र शरिरका ठाउँ ठाउँमा चोट देखिएको बताए।’ थप परिक्षण भइरहको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ।
१० वर्षीया श्रेया सोमबार साँझ मिठाई किन्न पसल गएकी थिइन्। घर नफर्किएपछि परिवारले खोजी गरे। तर भेटेनन्। श्रेयाको मंगलबार बिहान घर नजिकै को खोल्सोमा शव भेटिएको थियो। उनका बाबु दुई वर्ष पहिले नै अर्की श्रीमतीसँग अन्यत्रै छन्।
श्रेया आमा र दिदीसहित मामा घर बस्थिन्। उनी लिला आधारभुत स्कुलमा कक्षा तीनमा पढ्थिन्।