गौतमबुद्धको अस्तु धातु अर्थात ‘सर्वज्ञ धातु’ लाई बुधबार सर्वसाधारणका लागि ललितपुरको पुल्चोकमा सार्वजनिक प्रदर्शनमा राखिएको छ।
पुल्चोकस्थित अक्षेश्वर महाविहारमा बिहान ९ बजेदेखि राखिएको अस्तु धातु हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अक्षेश्वर महाविहारमा बुद्धको अस्तु धातु प्रदर्शनमा राखिने परम्पराअनुसार बुधबार धातु प्रदर्शन गरिएको हो।
अस्तु धातु भनेको भगवान बुद्धले महापरिनिर्वाण पछि उनको अन्तिम संस्कार क्रियापछि शरीरका विभिन्न भागबाट धातु बनेको मानिन्छ।
हेर्नुहोस् तस्बिरमा