चार दिनसम्म मनाइने छठ पर्व आइतबारदेखि सुरू भएको छ।
प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरू भएको हो।
यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको तयारीका कामलाई तीव्रता दिइएको छ।
राजधानीको कमलपोखरी,थापाथली,गुहेश्वरीलगायत स्थानमा छठ पर्व तयारीको कामलाई तीव्रता दिइएको हो।
यी स्थानमा छठ घाट, पोखरी, टेन्टलगायतका निर्माणको कामलाई तीव्रता दिइएको छ साथै, छठी माईको पूजाका लागि पोखरी निर्माणको काम गरिएको छ।
त्यसैगरी श्रद्धालु भक्तजनहरूलाई पूजाआजामा सहज बनाउन टेन्टको पनि व्यवस्था गरिँदैछ। पूजाका लागि पोखरीमा पूलको समेत व्यवस्था गरिएको छ।
विशेषगरी नेपालको तराई क्षेत्रमा धूमधामका साथ मनाइने यो पर्व राजधानी काठमाडौं र देशका मुख्यमुख्य सहरमा पनि धूमधामका साथ मनाउन सुरू गरिएको छ।
तस्बिरहरू :