कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या भएको चार महिना हुँदासमेत सरकारले दोषी पहिचान गरी कारबाही नगरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
निर्मलाको फोटो भएको ‘सरकार भेटियो, न्याय भेटिएन’ पोस्टर हातमा लिएर शान्तिपूर्ण प्रदर्शन गरिएको हो।
निर्मलाको बलात्कारपछि हत्या गत साउन ११ गते भए पनि सरकारले अहिलेसम्म दोषी पहिचान गरेको छैन।
ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्दै निर्मलाका लागि न्याय माग्दै स्वत:स्फूर्त रूपमा आयोजित र्याली माइतीघरदेखि बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ।
निर्मलालाई न्याय माग्दै राजधानीलगायत देशका विभिन्न ठाउँमा टाँसेका पोस्टर प्रहरीले हटाएको छ भने पोस्टर टाँस्नेलाई नियन्त्रणमा लिएको छ।
तस्बिरहरू :