आज बाला चतुर्दशी । अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मंसिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।
आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ।
त्यस्तै, शिवालयमा शतबीज छर्नाले मृतआत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले देशभरिका शिवालयहरूमा शतबिज छरेका छन्।
काठमाडौंको पाशुपत क्षेत्रमा पनि भक्तजनहरूले शतबिज छरेका छन्। पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले भक्तजनका लागि महाद्वीप बाल्न र शतबीज छर्न कैलाश र मृगस्थलीमा व्यवस्था मिलाएको थियो।
हेर्नुहोस् तस्बिरहरू :