गत सोमबारदेखि पोखराको फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौंका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ।
शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।
उनको शव रत्नमन्दिर नजिकै भेटिएको रानाले बताए। काठमाडौंको ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ वर्षीय श्रेष्ठ प्याडल बोटबाट सेल्फी खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएका थिए ।
लाइफ ज्याकेटबिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर उनी बेपत्ता भएका हुन्। काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठकोका दिदीभाइ फरक/फरक डुंगामा सवार थिए ।
नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा उनको खोजी कार्य जारी राखेको थियो। उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।