चितवनमा भएको हात्ती महोत्सवमा १८ बर्षकी बिजुलीकलीले ‘ब्युटी कन्टेस्ट’ को उपाधि हात पारेकी छन्।
महोत्सवको चौथो दिन शनिबार भएको कन्टेस्टमा फष्ट रनरअप २२ बर्षकी चम्पकली तथा सेकेन्ड रनरअप १९ बर्षकी एलिशाकलीले हात पारेको महोत्सव आयोजक समितिका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए।
सजावट, चालढाल, हिँडाइ, बसाइ, माउतेको आज्ञा मान्ने वा नमान्नेजस्ता विभिन्न आधारमा सबैभन्दा सुन्दरी बिजुलीकली देखिएकी थिइन्।
आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गर्न चितवनमा हात्ती महोत्सव गरिएको हो।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हात्ती महोत्सव आइतबार सकिँदैछ।