राजधानीको चन्द्रागिरीमा हिउँ परेको छ।
पश्चिमी वायुको प्रभावले सोमबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे हो।
सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।
चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।
यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।
यसैगरी, हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ।
यो पनि हेर्नुहोस् :
काठमाडौंमा हिउँदे वर्षा, चन्द्रागिरी र दामनमा हिउँ पर्यो
तस्बिरमा हेर्नुहोस्, चन्द्रागिरीमा हिउँ :