पोखरा महानगरपालिकाले पोखरामा अवैध रूपमा बनाएका ३ वटा घर भत्काएको छ। महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो।
महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्के खोलाको घर डोजर लगाएर भत्काएको हो।
डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरेको एक तले घरको ढलान भत्काएको हो।
घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई छेकेपछि नगर प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि घर भत्काएको थियो। भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड बिपरित पनि छ। सो घरले नेपाल स्काउटको केही अंश जग्गा पनि हडपेको महानगरको दाबी छ।
नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमा समेत निवेदन दिएको थियो।
परियारले महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसँग सल्लाह गरेरै घर बनाएको दाबी गरिन्। त्यस्तै महानगरपालिकाले पोखरा ५ धारापानीमा रहेको भरत लिगलको घर पनि भत्काएको छ। पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले घर भत्काएको हो।
त्यस्तै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड बिपरित घर बनाएपछि जमुना क्षेत्रीको घर पनि भत्काएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुरका जिसीका प्रेस सल्लाहाकार माधव बरालले जानकारी दिए।
लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको उनको भनाई छ।