पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समूहले आगो लगाएका छन्।
आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ।
अज्ञात समूहले पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका हुन्।
स्कुटरमा आएका दुई जनाले एक जनाले गाडी रोकेको र अर्को एकले शनिबार पनि सरकारी गाडी चलाउने भन्दै गाडीमा पेट्रोल छर्केर आगो लगाएर भागेको प्रहरीले जानकारी दिएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले आगो लगाउनेको खोजी कार्य भइरहेको जानकारी दिए। उनले नेपाल विद्यार्थी संघ आन्दोलनमा रहेका कारण विद्यार्थी संघले पनि हुन सक्ने आशंका गरे।