पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
आइतबार बिहान ११ बजेर १८ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक इडिइकेडीको मृत्यु भएको हो। तालमा खसेलगत्तै उनलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल ल्याएका थिए। अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
गम्भीर घाइते रोमानियाका ४२ वर्षीया इडिइकेडीको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।
प्याराग्लाइडिङ स्पाइरल गर्दा फनफन घुमेर तालमा खसेको प्रत्यक्षदर्शी पाइलट नारायण पराजुलीले सेतोपाटीलाई जानकारी दिए ।
उनी ब्यूस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेका थिए।
इडिइकेडी ९ जना साथीसहित पोखरामा आएको पराजुलीले जानकारी दिए। उनीहरु प्याराग्लाइडिङ गर्न अघिल्ला वर्ष जस्तै यस वर्ष पनि आएका हुन्।
उनी सिंगल पाइलट हुन्। उनले पोखरा विमानस्थलबाट फागुन १३ गते प्याराग्लाइडिङमा उड्न अनुमति लिएका थिए।
घाइते इडिइकेडीलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागि पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो।
प्याराग्लाइडिङको स्पाइरल गर्दा फनफन घुमेर तालमा खसेको प्रत्यक्षदर्शी पाइलट नारायण पराजुलीले जानकारी दिए। इडीइकेडी ९ जना साथीहरूसहित पोखरामा आएको पराजुलीले जानकारी दिए।
उनीहरू प्याराग्लाइडिङ गर्न अघिल्ला वर्ष जस्तै यस वर्ष पनि आएको पराजुलीले जानकारी दिए। उनले पोखरा विमानस्थलबाट फागुन १३ गते प्याराग्लाइडिङ उड्न अनुमति लिएका थिए।