नेपाली महिलाले समाज र राजनीतिका विभेदकारी व्यवस्थाका विरूद्ध इतिहासका धेरै कालखण्डमा बोले। २००७ सालको क्रान्ति, पञ्चायतविरूद्धको लडाइँ, २०४७ सालको अन्दोलन, माओवादी 'जनयुद्व' र २०६२/६३ को आन्दोलनमा धेरै महिला अग्रपंक्तिमै उभिए।
अहिलेको समाज र राजनीतिक व्यवस्था पहिलेकोभन्दा धेरै बदलिएको छ। तर, अझै पनि समाज र राज्य महिलाको चित्त बुझ्ने गरी बदलिएको छ त? महिलाको स्वतन्त्र पहिचान हुन्छ भनेर समाज र राज्यले स्वीकार गरेको छ त? अहिलेका युवा महिलाले आफ्नो समाज र राज्यसँग चित्त बुझाउने अवस्था छ त?
पेशा/व्यवसायमा पकड कायम गरेका महिलालाई हाम्रो समाजको के कुरा चित्त बुझ्दैन?
सेतोपाटीले अभिनेत्री स्वस्तिमा खड्का, अल्ट्राधावक मीरा राई, विमान परिचारिका जेनी शेर्पा, उद्यमी आयुसी केसी र क्रिकेट खेलाडी सीता रानामगरसँग यही प्रश्न सोधेको छ। हेर्नुहोस् माथि भिडियोमा।
यो पनि हेर्नुहोस्
नेपाली समाजसँग हामीलाई के चित्त बुझ्दैन? (भिडियो रिपोर्ट)