यस वर्षको होली पर्वका आज तराईमा हर्षोल्लासकाका साथै मनाइरहेको छ। यसैबीच काठमाडौंमा बस्ने मारवाडी समुदायले बिहिबार राजधानीको कुलेश्वरमा होली पर्व मनाएका छन्।
कुलेश्वर मारवाडी समाज र कुलेश्वर हनुमान सेवा समितिले आयोजना गरेको होली उत्सवमा राजधानीमा छरिएर रहेका मारवाडीसहित अन्य समुदायको उपस्थिति थियो।
विभिन्न समुदाय तथा संघ–संस्थाले होलीको अवसर पारेर विशेष समारोह आयोजना गर्दै होली पर्वको शुभकामना आदान–प्रदान गर्ने गरेका छन्।
हरेक वर्ष फागु पूर्णिमामा मनाइने यो पर्वमा आपसमा रङ खेलेर सद्भाव साट्ने गरिन्छ। हिजो काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा होली मनाइएको थियो।