बर्ड फ्लुका कारण नेपालमा पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ। बर्ड फ्लु भएका बेला कुखुराको मासु खाने कि नखाने भन्नेमा धेरैमा दुविधा देखिन्छ।
विश्व स्वास्थ्य संगठनले भने सत्तरी डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर मासु खान हुने जनाएको छ। मासु राम्ररी नपकाइ खाएको अवस्थामा भने यो रोग मान्छेमा सर्छ।
संक्रमित व्यक्तिलाई छाती, घाँटी दुख्ने र पखाला चल्ने लक्षण देखिन्छ। बर्ड फ्लुको संक्रमण भएमा ज्यान जाने सम्भावना समेत रहन्छ। बर्ड फ्लु सामान्यतया चराहरुबीच हुन्छ।