शुक्रबार साँझ काठमाडौंबाट भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण गराइएको छ।
काठमाडौंबाट साँझ ५ः४५ बजे उडेको ७२ सिटको एटिआर जहाज गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्नै लाग्दा समस्या देखिएपछि काठमाडौंमै फर्काइएको विमानस्थल स्रोतले जनाएको छ।
भैरहवा अवतरण गर्नै लाग्दा समस्या देखिएपछि उक्त जहाजलाई काठमाडौं फर्काइएको विमानस्थल स्रोतले बतायो। जहाजमा रहेका यात्रुलाई अर्को जहाजमा भैरहवा ल्याइँदैछ। जहाजमा ७२ जना यात्रु रहेका थिए।
भैरहवाबाट काठमाडौं जान टिकट काटेका ६२ जना यात्रु विमानस्थलमा जहाज पर्खिएर बसेको विमानस्थलले बताएको छ। अर्को जहाज काठमाडौंबाट ८ः३० बजे उडेको बुद्ध एयरको भैरहवा कार्यालयले जनाएको छ।