पाँचौं अन्तर्राष्ट्रिय योग दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइएको छ।
आइतबार एक कार्यक्रमबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडिओ सन्देशबाट योग दिवस सुरू भएको हो।
विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले योगका विभिन्न आसन गरेका थिए।
केही दिनअघि भारतीय राजदूतावासले सगरमाथाको स्याबचेमा योग दिवस मनाएको थियो।
स्वस्थ रहन योगको योगदान ठूलो रहने नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरीले बताए।
योगको सोझो अर्थ हो जोड्नु। योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि। यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रूपमा बुझिन्छ।
तस्बिरहरू :