मगर समुदायले टुँडिखेलमा भूमि पर्व धुमधामका साथ मनाइरहेका छन्।
असार १ देखि एक हप्तासम्म मनाउने यो पर्वमा समुदायले प्रकृतिको पूजा र नाचगान गरी मनाउने गर्छन्।
हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो,हुरी बतासजस्तो दु:ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गर्छन्।
भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाई मार्ने चलन छ।
लगाएको अन्नबाली राम्रो अनि अन्नको सह (सन्तुष्टि,छिटो नसकिने,कम्तीले पनि धेरै समयसम्म पुग्ने) होस् भनेर भूमि देवतालाई पूजा गरिन्छ।
दाङमा रोल्पा, रुकुम, प्युठान र सल्यानबाट बसाइँ सरेर आएका मगरहरूले जमिनको पूजा गर्दै हरेक वर्ष भूमि नाच गर्दछन्। साथै ५ दिनसम्म नाच्ने भूमि नाचमा आफ्नो पहिचान र भेषभूषासहित सहभागिता जनाउँछन्।
तस्बिरहरू :
>