वीरेन्द्रनगर नगरपालिकाले अब निःशुल्क सेनेटरी प्याड दिने भएको छ। महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्ने व्यवस्था नगरपालिकाले मिलाएको हो।
नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क प्याड उपलब्ध गराइने व्यवस्था छ। यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर प्याड वितरण गर्ने कार्यक्रम राखेको उनले बताइन्। वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइनेछ।
‘स्वास्थ्य संस्थामा प्रत्येक महिना प्याड लिन जाँदा महिलाको स्वास्थ्य जाँच पनि हुन्छ,’ ढकालले भनिन्, ‘यसले गर्दा आफ्नो स्वास्थ्यको हेरचाह गर्ने बानी बस्छ।’ सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत पु¥याउने उनको भनाइ छ।
नगरपालिकाकाले गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे, निःशुल्क एम्वुलेन्स सेवा र पाठेघर उपचारको निःशुल्क स्क्रिनिङ क्याम्प सञ्चालन गरिने व्यवस्था पनि नीति तथा कार्यक्रममा छ।