लोक सेवा विज्ञापनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको फोटो जलाइएको छ।
लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले विरोध जनाउँदै प्रदर्शन गरेको हो।
प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेका र्याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो। बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका फोटोहरू जलाए।
मन्त्रीहरूको तस्वीर जलाएपछि आन्दोलनकारीले इन्द्रचोकमा गई कोणसभा गरेका थिए।
पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो।
उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन दबाबमूलक कार्यक्रम गरिँदै आएको छ।
हेर्नुस् तस्बिरहरू: