नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा दीपावलीमा झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन यतिबेला भक्तपुरमा कुमाले जातिलाई भ्याइनभ्याइ छ।
दिपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त हुने गर्दछन्। अन्य समयको तुलनामा तिहारको समयमा सबभन्दा बढी बिक्ने उनीहरू बताउँछन्।
अहिले भक्तपुरका प्रजापति समुदाय तिहारको लक्ष्मीपूजाको दिन बाल्ने पाला बनाउन सक्रिय छन्। उनीहरू दिन र रात नभनी पाला बनाउनमा व्यस्त छन्।
उनीहरूले डिलरलाई सानो पालाको प्रतिगोटा २ रुपैयाँ, ठूलो पालाको १० देखि २० रुपैयाँसम्म लिने गरेका छन् भने अरुलाई प्रतिगोटा ४ रुपैयाँमा बेच्ने गर्छन्।
दीपावलीको अवसरमा मैनबत्ती बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्षयता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ।
हेर्नुस् तस्बिरहरू :
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)