काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति र उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई भनेको छ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले बताए।
'मुद्दा नचलाउने निर्णय भएको छ। त्यसको निर्णय निकासाका लागि उच्चमा पठाउने र थुनामा रहेका प्रतिवादीलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई लेखी पठाउने निर्णय भएको छ,' उनले भने।