शनिबार मध्यराति विराटनगरमा ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
विराटनगर-२ शनिहाटका जयप्रसाद दाहालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गर्दा उनी जलेर मृत भेटिएका थिए।
परिवारसँग काठमाडौं बस्दै आएका दाहाल शुक्रबार मात्र विराटनगर आएका थिए। एक्लै घरमा रहेका बेला कोठामा ग्यास पड्केर आगो लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तर, ग्यास पड्केको आवाज भने स्थानीयले थाहा नपाएको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरी टोली खटाइएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
‘आगलागी भएको, ग्यास पढ्केको केही खबर पाइएन, बिहान स्थानीयले खबर गरेपछि मात्र प्रहरीमा जानकारी आयो,’ उनले भने, ‘के कसो भएको हो टोली खटाइएको छ, अनुसन्धान भइरहेको छ।’