बुधबारदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।
शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ भने काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ।
हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।
चिसो बढेसँगै बजारमा मानिसहरूको चहलपहल पातलिँदै गएको छ।
तस्बिरहरू: