रौतहटको इशनाथ नगरपालिकाको प्राङ्गढमा भेटिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ।
रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बुधबार बिहान नगरपालिका कार्यालय प्राङ्गढमा खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए। स्थानीयले शंकास्पद बस्तु रहेको भनी प्रहरीलाई खवर गरेका थिए।
सो क्षेत्रमा सेनाको बम डिस्पोजल टोली गई डिस्पोज गरिएको नायब उपरीक्षक कार्कीले जानकारी दिए। कसले कुकर बम राखेको भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही दिनअघि जनकपुरको एक घरमा राखिएको बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो।