चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। शुक्रबार स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी एकजना व्यक्तिमा संक्रमण देखिएको स्पष्ट पारेको छ।
हङकङमा गरिएको रिपोर्ट परीक्षणपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको पु्ष्टि भएको हो। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि रगत हङकङमा पठाएको थियो।
सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले सार्वजनिक गरेको छ। यसै सन्दर्भमा हामीले कोरोना भाइरसबाट कसरी बच्ने भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनसँग कुरा गरेका छौं।
हेर्नुहोस् भिडिओ-