माधवनारायण ब्रतालु परदेश जाने क्रममा आज तेस्रो दिन फर्पिङ शेषनारायणमा स्नान गरेर पूजाआजा गरी साँखु फर्किएका छन्।
माघ ९ गते बिहीबारदेखि माधवनारायण ब्रतालुको परदेश यात्रा सुरू भएको हो।
ब्रतालु बिहीबार साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट पशुपति गएका थिए। माघ १० गते शुक्रबार सो यात्रा पशुपतिबाट फर्पिङतर्फ लागेको थियो भने माघ ११ गते आज (शनिबार) फर्पिङबाट पुनः साँखु फर्किएका छन्।
माघ १४ गते यात्रा साँखुबाट पनौतीतर्फ लाग्ने कार्यक्रम छ र भोलिपल्ट १५ गते उक्त यात्रा पुनः साँखु फर्कनेछ।
एक महिने माधवनारायण स्वस्थानीका व्रतालु एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि पूजापाठ तथा स्नान गर्छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।
मन्त्रोच्चारण गरेर शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ।
माधवनारायणको पूजा नगरे स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधवनारायणको पूजा गरे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ। एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्।
खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठले बताए।
तस्बिरहरूः
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)