जुम्लामा माटोको ढिस्कोमा पुरिएर एकै घरका सासु–बुहारीको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–४ स्थित दुनीखोलामा घर लिप्ने माटो खन्न गएका सासु–बुहारीको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–४ सिंगाचौरका ५५ वर्षीया नाक्चे सुनार (सासु) र २४ वर्षीया स्यानुमाया सुनार (बुहारी) रहेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। उनका अनुसार दिउँसो दुई बजे घटना भएको हो।