नवलपुर प्रहरीले हतियार र गोलीगठ्ठा बरामद गरेको छ।
नवलपुरको हुप्सेकोट गाउँपालिका २ चपाहा धारापानीका ६३ वर्षीय ताराबहादुर विकको घरबाट हात–हतियार र गोली गठ्ठा बरामद भएको प्रहरीले जनाएको छ। विकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका हातहतियार र गोलीगठ्ठा कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारे अनुसन्धान भइरहेको नवलपुरका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले बताए। ‘जिल्ला अदातलमा भोलि मुद्दा दर्ता गरेर म्याद थप्छौं’ एसपी रेग्मीले सेतोपाटीलाई भने, ‘त्यसपछि मात्र वयान लिन्छौं।’
भरुवा बन्दुक १ थान, सो बन्दुकको नाल २ थान, घरेलु एअर गन, अटो पेस्तोल (मेड इन यूएसए), सोको गोली ५ राउण्ड, एसएलआर गोली २ राउन्ड, थ्रीनटथ्री राइफलको गोली लगायत बरामद भएको प्रहरीले जनाएको छ।