सरकारले सोमबार साँझ मंगलबारदेखि लागू हुने गरी ‘लकडाउन’ घोषणा गरेसँगै काठमाडौं सुनसान बनेको छ।
अहिले मानिसहरू कोही बाहिर निस्किएका छैनन् भने आवश्यकबाहेक सम्पूर्ण सेवा बन्द छन्।
सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लकडाउन गरेको छ।
आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्।
काठमाडौंका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ।
मूल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ।
आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो।
सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो।
हेर्नुस् तस्बिर: