रौतहटमा अत्यावश्यक खाधान्न, औषधि, दूध तथा ग्यासका पसलहरू फाट्टफुट्ट खुलेका छन्।
गौर नगरपालिकाकै छेउमा रहेको गुदरी तरकारी बजारमा ‘फिजिकल डिस्टेन्स’ कायम गरिएको छ। तरकारी बजार र वरपरका किराना पसलसम्म ‘फिजिकल डिस्टेन्स’ कायम गरी किनमेलको व्यवस्था गरिएको हो।
गौर नगरपालिकाले १ मिटरभन्दा बढीको ‘फिजिकल डिस्टेन्स’ लागू गरी उपभोक्तालाई सामान आपूर्तिको व्यवस्था मिलाएको छ। यसका साथै नगरपालिकाले बजार मूल्यको अनुगमन पनि गरिरहेको नगर प्रमुख अजय गुप्ताले बताए।