पोखरामा अलपत्र ५८ जना पर्यटक चार्टर्ड विमानबाट काठमाडौं प्रस्थान गरेका छन्।
पोखरा र आसपासमा घुम्न आएका पर्यटक लकडाउनका कारण अलपत्र परेका थिए।
उनीहरूलाई सम्बन्धित देशका दूतावासले यति एयरलायन्सको विमान चार्टर्ड गरेको पोखरा एयरपोर्टले जनाएको छ।
शुक्रबार काठमाडौं जाने पर्यटकहरूमा जर्मन, फ्रान्स लगायतका देशका नागरिक रहेका छन्।
यसअघि बिहीबार फ्रान्सेली दूतावासले विमान चार्टर्ड गरेर आफ्ना नागरिक पोखराबाट काठमाडौं लगेका थिए।