काठमाडौंको मुटुमा रहेका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग नयाँ वर्षमा सुनसान देखिए।
ती क्षेत्रका सबैजसो होटल, रेष्टुरेन्ट, पसल बन्द थिए। एम्बुलेन्स, पानी बोकेका गाडी, प्रेस लगायत सीमित सवारी सडकमा फाट्टफुट्ट मात्रै देखिन्थे।
कोरोनाभाइरस संक्रमण फैलन नदिन मुलक लकडाउन भएको तीन साता पुग्यो। यहीबीचमा पात्रोले नयाँ वर्ष ल्यायो तर लकडाउन खुल्ने अवस्था आएन।
कोरोनाभाइरसको महामारी हुँदैनथ्यो भने नयाँ वर्षका दिन नेपालका पर्यटकीय क्षेत्र भरिभराउ हुने थिए। ती क्षेत्रको माहौल बेग्लै हुने थियो।
नेपालले भ्रमण वर्ष मनाउने तयारीका बीच फैलिएको यो महामारीले यतिबेला पर्यटकीय ठाउँहरु उराठ देखिएका छन्।
तस्वीरमा हेर्नुहोस् २०७७ सालको पहिलो दिन ठमेल र दरवारमार्गको दृष्य।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)