नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण ३१ जना संक्रमित भएका छन्। जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।
यदी कोरोनाबाट कसैको मृत्यु भयो भने कसरी शव व्यवस्थापन गर्ने? पोखरास्थित स्वास्थ्य निर्देशनालयले सोमबार यसको व्यवस्थापनका लागि अभ्यास गरेको छ।
मृत्यु भएको शव व्यवस्थापनदेखि परिवार, स्वास्थ्यकर्मी र समुदायलाई सुरक्षित बनाउने उपायको बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्राङ्गढमा अभ्यास गरिएको हो।
अभ्यासका लागि एक मानिसलाई शवको रुपमा राखियो। उनलाई अस्पतालको बेडबाट उठाएर सवारी साधनमा राख्दासम्म कसरी जोखिमबाट जोगिने भन्नेबारे अभ्यास गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बताए।
शवको व्यवस्थापन गर्दा पिपिई लगाउने, शवमा ओढाउने लुगादेखि, बोक्ने सामाग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, समुदायलाई टाढै राखेर शवको व्यवस्थापन गर्ने गरी अभ्यास गरेको डा. शर्माले बताए।
‘हामीले नमुना डेडबडी राखेर अभ्यास ग¥यौँ’ डा. शर्माले सेतोपाटीलाई भने, ‘डेडबडी राखेको ठाउँ, घर, परिवार र समाजलाई जोगाएर कसरी सुरक्षित राख्न सक्छौँ भनेर अभ्यास गरीहे¥यौँ।’
कोरोना रोकथाम र व्यवस्थापनका लागि प्रयास गरिरहेको भन्दै डा. शर्माले यो अभ्यास पनि एउटा तयारी भएको बताए।