काठमाडौंको कोटेश्वरमा मंगलबार अबेर साँझसम्म भिडभाड भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला छाडेर दोलखा, सिन्धुपाल्चोक जानका लागि मानिसहरू कोटेश्वरस्थित सडकमा भेला भएका हुन्।
लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ-आफ्नो घरतर्फ जान लागेका हुन्।
स्थानीय तहले सवारी साधन रिजर्भ गरि पठाइदिएको भन्दै मानिसहरू घर फर्किन सडकमा आएका हुन्।
कोटेश्वर वृत्तकी प्रहरी निरीक्षक सुभद्रा वाइवाका अनुसार त्यहाँ उपत्यकाका विभिन्न स्थानबाट हिँडेर आएकाहरू उक्त क्षेत्रमा जम्मा भएका हुन्।
‘रामेछाप, ओखलढुंगालगायतका जिल्लाका नागरिकलाई उतैका स्थानीय तहले घर लैजान लागेका रहेछन्,’ उनले भनिन्,‘यसबारे प्रहरीलाई कुनै आधिकारिक जानकारी दिइएको छैन। तै पनि हामी त्यहाँ सुरक्षाका लागि खटेका छौं।’