कीर्तिपुर भत्केपाटीमा अग्ला रूखमा तोप चराले गुड लगाएको छ। तोप चराहरू गर्मी सुरू भएपछि काठमाडौंको शान्त र शितल ठाउँमा आउने गर्छन्।
जाडोमा बसाइँ सरेर गर्मी ठाउँमा जाने गर्छन्। वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्जिनीयर चरा पनि भनिन्छ।
रूखमा झुन्डिएर हावाका झोंकासँगै हल्लिरहेका यी गुँड तोप चराका भालेले बनाएका हुन्।
उनीहरूले पोथीलाई लोभ्याउन घाँसपात जम्मा गरेर सकेजति राम्रा गुँड बनाउँछन्। जसले राम्रो गुँड बनाउँछन् पोथी चरा त्यतै आकर्षित हुन्छिन्।
तस्बिरहरू: