कर्णाली प्रदेश सरकारले प्रदेशका २७ ठाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।
आइतबार चिकित्सकसतिको स्वास्थ्यकर्मीको टोली प्रदेशभर परिचालन गरिएको हो। कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यात्मक कार्यका लागि स्वास्थ्कर्मीको टोली विभिन्न ठाउँमा खटाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
दैलेखका २, डोल्पाका ३, हुम्लाका ५, जाजरकोटका २, जुुम्लाको १, कालिकोटका ४, मुगुका ३, रुकुम पश्चिमका २, सल्यानका ३ र सुर्खेतका २ ठाउँमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो।
दैलेखको लकान्द्रास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीवन ज्ञवाली र राकम कर्णाली स्वास्थ्यचौकीमा डा. सुवेश चौधरीको नेतृत्वमा टोली खटाइएको छ। डोल्पाको ईलाका स्वास्थ्य चौकी नार्कु, त्रिपुराकोट स्वास्थ्य चौकी, शहरतारा स्वास्थ्य चौकीमा क्रमशः डा. खिम केसी, डा. मच्छिन्द्र बडुवाल र डा. रमेश रोकाको नेतृत्वमा टोली पठाइएको छ।
हुम्लामा डा. गजेन्द्र भामको नेतृत्वमा दार्मा स्वास्थ्यचौकी, डा. दिलसाही रोक्काको नेतृत्वमा साया स्वास्थ्यचौकी, डा. हरि सापकोटाको नेतृत्वमा श्रीनगर स्वास्थ्यचौकी, डा. हेमन्त चौधरीको नेतृत्वमा मैला स्वास्थ्यचौकीमा टोली पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
जाजरकोटमा डा. शिव तिवारीको नेतृत्वमा दल्ली स्वास्थ्यचौकी र डा. भुपेन्द्र प्रकाश मल्लको नेर्ततमा दशेरा स्वास्थ्यचौकीमा टोली खटाइएको छ। जुम्लाको नाराकोट स्वास्थ्यचौकीमा डा. विशाल पोखरेल र डा. शम्भु यादवलाई खटाइएको छ।
यस्तै कालिकोटको राम्नाकोट स्वास्थ्यचौकीमा डा. शुसान्त आचार्य, सकाटिया स्वास्थ्यचौकीमा डा. टंक आचार्य, जुविथा स्वास्थ्यचौकीमा डा. कमल घिमिरे र कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. जीतेन्द्र महतोको नेतृत्वमा स्वास्थ्कर्मीको टोली पठाइएको छ।
मुगुको नाथर्पु स्वास्थ्यचौकीमा डा. सुमन सिमखडा, पुले स्वास्थ्यचौकीमा डा. शेरमान गुरुङ र काटडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा डा. किशोर खड्काको नेतृत्वमा टोली पठाइएको छ।
रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालमा डा. सुभेच्छा झा, डा. दुर्गा थापा र आठविसकोट अस्पतालमा डा. चन्द्रेश कुमार सिंहको नेतृत्वमा टोली पठाइएको छ।
सल्यानको धनबाँङ स्वास्थ्यचौकीमा डा. सनम शाक्य, कालीमाटी काल्चे स्वास्थ्यचौकीमा डा. हरिस कोजु, देवस्थल स्वास्थ्यचौकीमा डा. ईन्द्र बहादुर थापाको नेतृत्वमा टोली पठाइएको छ। सुर्खेतको गुटु स्वास्थ्यचौकीमा डा. लोकराज कँडेल र अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. अस्मिता भट्टराईको नेतृत्वमा टोली पठाइएको छ।