डोटीको के.आई.सिंह गाउँपालिका वडा नं ३ को क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ।
सात दिनअघि भारतबाट आएका युवकको आज विहान ३ बजेतिर मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार हिजो साँझ स्वास्थ्यमा असहज भएको भन्ने खबर आएपनि पानी परेर बाटो अवरुद्ध भएका कारण स्वास्थ्यकर्मी आउन नसकेको बुझिएको छ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले मृतकको परिवारलाई उद्धृत गर्दै युवा मुटु सम्बन्धी र टिबीको बिमारी भएको बताए।
स्वास्थ्यचौकीबाट डाक्टर पठाउन बाटो बन्द भएकाले राति पठाउन नसकिएको बताए।
आज गाउँपालिकाकै स्वास्थ्यकर्मीको टिमले स्वाव संकलन गर्ने जनकारी उनले सेतोपाटीलाई दिए।
संकलन पछि स्वाव नमूना मोटरसाइकलमा सदरमुकाम र त्यहाँबाट एम्बुलेन्स वा गाडीमा धनगढी पठाइने छ।
अध्यक्ष शाहीले कोरोना रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने बताए।
उनले परिवारसँग एक दिनका लागि रिपोर्ट नआउन्जेल पर्खने कुरा भएको जानकारी दिए।