जेठ १० गते रूकुम पश्चिमको चौरजहारीमा भएको ६ जनाको हत्याको विरोधमा आइतबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार अपरान्ह प्लेकार्डसहित प्रदर्शन र छलफल गरेको छ।
प्रदर्शनकारीले ‘जात हेरेर न्याय किन’, ‘यो देश दलितको पनि हो’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।
प्रदर्शनपछि आहुती, रवीन्द्र मिश्र, दुर्गा शोभ, श्याम श्रेष्ठले आफ्नो धारणा राख्दै दलितमाथि कुनै पनि अन्याय मान्य नहुने बताएका थिए।