सुदुरपश्चिम प्रदेशमा कोराना संक्रमितको संख्या एक हजार २४ पुगेको छ।
आइतबार ७६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या थपिएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइतबार कैलालीका मात्रै ३२ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै डोटीमा २१, डडेल्धुरामा १६, कञ्चनपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बाजुरा र बैतडीका थप दुई/दुई जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।
आइतबार काठमाडाैंमा भएको परीक्षणमा ३३ जना र धनगढीमा भएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुराका तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो।
सुदुरपश्चिममा सबैभन्दा बढी कैलालीमा दुई सय ६१ जना संक्रमित फेला परेका छन्।
यस्तै डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछामका ७६, बाजुरामा ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेशमा कोरोना संक्रमित पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना डिस्चार्ज भएका छन्।